पुसमा हुने दीक्षान्त समारोहमा १० हजार विद्यार्थी सहभागी हुने

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते १४:०६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आउँदो पुसमा हुने ४४औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी सहभागी हुने भएका छन्।

अनलाइन फाराम भर्ने सुविधा दिइएपछि यस वर्ष दीक्षान्तमा सहभागी हुने विद्यार्थीको संख्या बढेको त्रिविले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहिबारसम्मलाई म्याद दिइएकामा सोही दिन दिउँसोसम्म नौ हजार ९२० ले अनलाइन फाराम भरेको जानकारी दिए।

यस वर्ष ७३ हजार ९०१ विद्यार्थी दीक्षान्तयोग्य छन्। स्नातकका ५४ हजार ७९४ र स्नातकोत्तरका १८ हजार ८७९ विद्यार्थी छन्। त्यस्तै एमफिलतर्फ १५६ र पिएचडीका ७२ हजार विद्यार्थी समारोहमा सहभागी हुने त्रिविले जनाएको छ।

२०७५ कार्तिक १८ गते १४:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर