जनमत संग्रहको नतिजा, अब न्यू क्यालेडोनिया फ्रान्सकै भागमा
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १८ गते १४:३२

पेरिस, फ्रान्स । न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले मत परिणाम सार्वजनिक भए लगत्तै क्यालेडोनिया क्षेत्रका जनतालाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
म्याक्रोँले भने, जनमतसङ्ग्रहबाट फ्रान्सको प्यासिफिक क्षेत्रको न्यू क्यालेडोनिया फ्रान्सकै भूभाग रहनेगरी निर्णय आएको छ। यसबाट हामी सबैलाई ठूलो गौरब भएको छ। यो ऐतिहासिक कदमलाई शान्तिपूर्वक सँगसँगै सफल पारेकोमा राष्ट्रप्रमुखका रूपमा सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।
निर्वाचन परिणामपछि राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले भने, बहुमत क्यालेडोनियालीले फ्रान्स नै रोजेका छन् उनीहरूको नेता बन्न पाउँदा मलाई खुशी लागेको छ। यो गणतन्त्र फ्रान्सको भविष्य र महत्वबारे विश्वासको सङ्केत हो।