आङ कामी शेर्पाको शव कोरियाबाट नेपाल पठाउन एक करोड दश लाख वन संकलन
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १८ गते १४:३८

कोरिया । गत अक्टुबर २६ तारिक शुक्रबार जिन्जु अस्पतालमा हृदयघातका कारण मृतु भएका दोलखा जिल्ला निवासी स्व. आङ कामी शेर्पाको शव नोभेम्बर २ तारिकका दिन कोरियन एरलार्इन्सबाट नेपाल पठाएको छ।
स्वः आङ कामी शेर्पा आर्थिक सहयोग संकलन अभियान समूहले एक करोड दश लाख आठ हजार ५५ वन आर्थिक सहयोग संकलन गरेको थिए।स्वः शेर्पाको शव नेपाल पठाउन ४१७७९५० वन खर्च भएको छ भने अहिले जम्मा ६८४०१०५ वन बाँकी छ।
आङ्ग कामीको उपचारका क्रममा अस्पता लमा लागेको एक करोड छैसठ्ठी लाख वोन सम्पूर्ण खर्च खंङग साँग नामडो राज्य सरकारको आपतकालीन राहत कोषबाट एक करोड चौतिस लाख वोन सहयोग र अङ्ग दान लिने संस्था बाट (५४०००००) वोन चउन्न लाख वोन आर्थिक सहयोग प्राप्त गरी उपचार खर्चको बिल तिरिएको यज्ञ राज सुबेदीले जानकारी दिए।
स्वः आङ कामी शेर्पाको नाममा संकलन गरिएको सम्पूर्ण खर्च कटाएर बँचेको सबै रकम परिवारलाई दिने दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले बताए।
स्वः आङ कामी शेर्पाको मृत आत्माको चिर शान्तिको पुजामा नेपाली सम्पर्क समितीकी अध्यक्ष अन्जु केसी, जनजाती महासंघकी अध्यक्ष मल्लिका थकाली, शेर्पा संघ कोरियाका अध्यक्ष आङ्ग पासङ्ग शेर्पा, वोमन फोर वोमनको अध्यक्ष योल्ह्मो सम्पर्क समिति, दोलखा शेर्पा विसी मन्च लगायत अन्य धेरै कोरियावासी नेपालीहरुको उपस्थितीमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो।