किन गर्नुहुँदैन एउटै गोत्रमा विवाह ? यस्तो छ वैज्ञानिक तथा धार्मिक कारण
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १८ गते १५:०२

काठमाडौँ । आधुनिक जीवनशैलीसंगै प्रेमविवाह गर्ने प्रचलन बढिरहेको छ । प्रेम विवाह गर्ने युवा-युवती एक-अर्काको थरसंग परिचित हुन्छन्, तर उनीहरुलाई गोत्रबारे ज्ञान हुँदैन ।
नेपाली समाजमा विशेष गरि ब्राहमण र क्षेत्री समुदायमा थर फरक भएतापनि उही गोत्रमा विवाह गर्नु बर्जित मानिन्छ । उही गोत्र हुने सम्बन्धलाई हाड-नाता जस्तै सम्बन्धको रुपमा लिइन्छ। त्यसैले धेरै प्रेम सम्बन्धहरुलाई गोत्रले समस्यामा पार्ने गर्छ ।
किन गर्नुहुँदैन एउटै गोत्रमा विवाह ?
हिन्दु धर्ममा रहेको विश्वास अनुसार एउटै गोत्रमा विवाह गर्दा वैवाहिक सम्बन्ध दिगो र राम्रो नहुने, श्रीमान वा श्रीमती मध्ये एकलाई अप्ठ्यारो आउने अथवा उनीहरुको परिवारमा नराम्रो घटना घट्ने हुनसक्छ ।
त्यस्तै, यदि बेहुला र बेहुली दुबैको एकै गोत्र परेमा ती दम्पतीबाट बच्चा जन्मिने सम्भावना कम हुने र जन्मीएपनि बच्चामा पनि विभिन्न किसिमका अवगुणहरु, अस्वस्थता आउन सक्छ ।
वैज्ञानिक कारणबाट हेर्दा, एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ ।
अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानमा तृष्ण क्षमता हुन्छ । सामान्य बच्चामा भन्दा उनीहरुमा केही गुणहरु बढी हुन सक्छन् ।