आज काग तिहार : आजको दिन घरमा भित्र्याउनुहोस् यि ६ बस्तु ! सधै लक्ष्मीको कृपा हुनेछ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते १५:२५

काठमाण्डौ । आज तिहारको पहिलो दिन अर्थात काग तिहार । हरेक वर्ष कात्तिक कृष्ण पक्ष त्रयोदशीको तिथीका दिन अर्थात धनवन्तरी त्रयोदशीका दिन काग तिहार मनाउने गरिन्छ । काग तिहारको दिनलाई धनतेरस पनि भन्ने गरिन्छ । यो दिनलाई धनका देवता कुबेरको जन्मदिन र आयुर्वेदका प्रवर्तक धन्वन्तरीको एक पर्व पनि हो । यो दिन नेपालको तराई क्षेत्रमा नयाँ भाँडा कुँडा किनमेल गर्नुको साथै सुनचाँदीको गरहगना किनमेल गर्ने चलन रहेको छ ।

धनतरेसको दिनमा कागको पुजाआज गरि दिपदान गर्ने गरिन्छ । यस दिन घरमा विभिन्न वस्तुहरु किनेर भित्र्याउनाले वर्षभरि धन प्राप्त हुने र लक्ष्मी सधै साथमा रहने विश्वास रहेको छ ।

काग तिहारको दिन घरमा भित्र्याउनुहोस् यि बस्तु ः

१, धनियाका दाना : काग तिहारको दिन तपाईले आफ्नो घरको बगैँचामा धनियाँको दाना कसैलाई थाहा नदिई लक्ष्मी माता प्रसन्न हुने मान्यता रहेको छ ।

२. गरगहना : काग तिहारको दिन सुन तथा चाँदीका गरगहना खरिद गर्नु शुभ मानिन्छ । आज खरिद गरेको गरगहना लक्ष्मीलाई अर्पित गरेमा धन लाभ हुनेछ ।

३. शंख : शंखलाई हिन्दु धर्ममा विशेष स्थान दिइएको हुन्छ । घरमा शंख बजाउनाले घर शुद्ध हुने मान्यता रहेको छ । काग तिहारको दिन घरमा शंख ल्याएर लक्ष्मीलाई अर्पित गरेमा लक्ष्मी खुसी हुने गर्छिन् ।

४. झाड़ू/ कुच्चो : उक्त दिन घरमा नयाँ कुच्चो ल्याएर सफा गरेमा लक्ष्मीको अनुग्रह मिल्नेछ । शान्त घर, सफा र उज्यालो मन पन पर्ने भएकाले लक्ष्मीले घरमा बास गर्ने छिन् ।

५. नुन : काग तिहारको दिन नुन खरिद गरिएको नुन प्रयोग गर्नाले स्वास्थ्यमा राम्रो हुने मान्यता रहेको छ ।

६. लक्ष्मी र कुबेरको मुर्ती ः आजको दिन माता लक्ष्मी र कुबेरको मुर्ती किनेर घरमा भित्राउदा राम्रो हुन्छ । आज किनेको लक्ष्मीको मुर्ती लक्ष्मी पुजाको दिन स्थापना गरी पुजा गरीन्छ । यसले सधै घरमा लस्मी र धनका राजा कुबेरको क्रिपा हुन्छ ।

२०७५ कार्तिक १८ गते १५:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर