जमिनभित्रै रेष्टुरेष्ट, जमिनभित्रै राज्य, जमिनभित्रै ४५ देशका मानिसहरुको बसोबास

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते १५:१९

एजेन्सी । सामान्यता मानिसहरु जमिनमाथि घर बनाएर बस्छन्। तर, दक्षिण अस्ट्रेलियाको सिम्पसन मरुभूमीको कूबर पेडी क्षेत्रमा यस्तो छैन।

यहाँ खोदाईका लागि आएका मानिसहरु १०० वर्षदेखि जमिन भित्र घर बनाएर बसिरहेका छन्। यी मानिसहरुले जमिन भित्र बार, चर्च, रेष्टुराँ लगायतका आवश्यक सेवा बनाएका छन्।

न्यूयोर्क टाइम्सका अुसार यस क्षेत्रमा हालै चिलीका फोटोग्राफर तमारा मेरिनो र उनका साथीको आँखा प्रयो। यी दुई सिम्पसन मरुभूमी पार गरिरहेका थिए। मेरिनो केही दिन कूबर पेडीमा बसिन् र यहाँका मानिसहरुसँग भेटिन्।

उनी भन्छिन्, ‘हामी र यहाँ बस्ने मानिसबीच कुनै भिन्नता छैन । उनीहरु कुनै गुफामा बस्ने मानिस होइनन् । उनीहरु सामान्य मानिस हुन् । यिनीहरुले जीवनका लागि फरक बाटो भे रोजेका छन् ।’

मेरिनोले भनिन्, ‘कूबर पेडीमा १९१५ मा दुनियाभरका मानिसहरु दक्षिण अस्ट्रलियामा आउन शुरु गरे । यी मानिसहरु बहुमूल्य पत्थरको खोजीमा यहाँ आएका हुन् । यहाँ आउँदा मानिसहरु परिवारसहित आए । उनका छोरीछोरी यहीँ जन्मे। उनीहरु खेल्न जमिनमाथि पनि जान्छन्।’ उनका अनुसार जमीन भित्र कयौं देशको मिलीजुली संस्कृति भएको सहर बनेको छ । यहाँ करिब ४५ देशका मानिसहरु बस्छन्।

मेरिनोका अनुसार यदि कुनै सामान्य तरिका छोडर जमिन भित्र बस्छ भने यसका पछाडि आर्थिक सांस्कृतिक र जलवायु मूख्य कारण हुनसक्छ । यहाँ तापक्रम दिनमा ३८ डिग्री सेल्सियस हुन्छ। रातीमा फ्रिजिंग प्वाइन्टसम्म पुग्छ। दिउँसो बालुवासहितको आँधी पनि चल्छ। यसैबाट बच्न मानिसहरुले जमिन भित्र बस्ने निर्णय लिए।

मेरिनोले कूबर पेडीमा बनेका घरमा तस्वीर लिएकी छन् । यसमा मानिसको किचन, हलदेखि डाइनिंग रुमम्म सबै बनाइएको छ। घरघरमा भाँडा, डाइनिंग टेबल, टिभी, लगायता साजसज्जा सामान्य मानिसको जस्तै हुन्छ। जमिन भित्रै उनीहरुले सर्बियाली अर्थोडक्स चर्च पनि बनाएका छन्।

यिनीहरुको अर्थोपार्जनको मुख्य स्रोत जमिनबाट निकालिने बहुमूल्य पत्थर हो । मरिनोले यहाँ कयौं मानिसहरु यी पत्थर बेचेर करोडपतिसमेत बनेको बताइन्। उनका अनुसार यहाँ रहेका बच्चाहरु ठूला भइरहेका छन्। उनीहरुलाई पत्थरको खनाई एक सयमको लगानी जस्तो लाग्छ। युवाहरु स्थायी रोजगार चाहन्छन्। किनभने पत्थरको खनाईमा ग्यारेण्टी हुँदैन। यहाँ एक पत्थरका लागि जमीन भित्र ३० मीटरसम्म खन्नुपर्छ।

२०७५ कार्तिक १८ गते १५:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर