आजको राशिफल, मिति २०७५ साल कार्तिक १९ गते त्रयोदशी तिथि सोमबार (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते २:००

वि.सं.२०७५ साल कार्तिक १९ गते । सोमबार । ईश्वी सन् २०१८ नोभेम्बर ०५ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक कृष्ण पक्ष । तिथि त्रयोदशी,४२ घडी ३४ पला,बेलुकी ११ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र हस्त,३७ घडी ०० पला,बलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त चित्रा । योग विश्कुम्भ,४३ घडि ०१ पला,बेलुकी ११ बजेर ३० मिनेट उप्रान्त प्रीती । करण गर,दिउँसो १२ बजेर ०४ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर २० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा वज्र योग । चन्द्रराशि कन्या । सोम–प्रदोष व्रत। यम–पञ्चक,तिहार प्रारम्भ। यमदीप–दान। धन–त्रयोदशी। धन्वन्तरीजयन्ती। धनतेरस -धनत्रयोदशी। कागतिहार। काकबलि।

काठमाडौंमा सूर्योदय ०६ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २७ घडी २४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुँनाले काम थाति रहनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने बिभन्न अवसर आएपनि समय अभावले ति अवसरहरुलाई सदुपयोग गर्न सकिनेछैन । पेट सम्बन्धि समस्याले सताउनेछ हुदा मानशिक तनाब बढ्नेछ । व्यापारमा समय लगानि गरेपनि आम्दानि नहुने हुँनाले दैनिक कामहरु प्रभावित हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

पुरा राशिफल भिडियोमा हेर्नुहोस्

२०७५ कार्तिक १९ गते २:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर