तिहारमा घरमै यसरी बनाउन सकिन्छ मिठो र स्वादिलो जेरी (विधिसहित)
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १९ गते २:४८

काठमाडौं । सोमबारबाट नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार सुरु भएको छ। जुन पर्वमा सेल रोटीसँगै मिष्ठान्न परिकार बनाएर भाईलाई खुवाउने परम्परा पनि बढ्दै गएको छ। यहि समयमा तपाईहरु आफ्ना आफन्तलाई पसलका बासी र सडेगलेका मिठाईहरु खुवाउनु भन्दा आफ्नै घरमा ताजा र स्वादिष्ठ मिठाई बनाएर खान सक्नुहुनेछ। नेपाली परिकारमा मिठाइहरुलाई महत्व दिइन्छ। मिठाइहरु मध्ये जेरी (जलेबी) धेरैले मन पराउने परिकार हो । जेरी खाँदा जति मिठो छ, बनाउनको लागि त्यति नै सजिलो छ।
आवश्यक सामग्री :
चिनी, मैदा, बेकिंग पाउडर
बेसार वा फुड कलर, तेल, दही
विधि :
एउटा भाँडोमा पानी राख्नुहोस् र त्यसमा चिनी राखेर उमाल्नुहोस् । चिनी पानी बाक्लो हुनेगरि उमाल्नुहोस् ।
अब एउटा भाँडोमा मैदा, बेकिंग पाउडर, दही राख्नुहोस र त्यसमा पानी राखेर मुछ्नुहोस् ।
जेरीमा रंग आओस भन्नका लागि फुड कलर वा थोरै मात्र बेसर राख्नुहोस्।
कराईमा तेल वा घ्यु बसाल्नुहोस् ।
अब तेलको खाली प्याकेटको बन्द भागतिर प्वाल पार्नुहोस्।
त्यो कागजमा मुछेको पिठो भर्नुहोस् र सानो प्वाल तिर बाट जेरी बनाउन थाल्नुहोस्।
जेरी पाकेपछि त्यसलाई चिनी पानीमा डुबाउनुहोस् ।