गौचन र तिवारीका हत्यारालाई पेस्तोल दिएको अभियोगमा बस्नेतकी श्रीमती पक्राउ
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १९ गते २:५१

काठमाडौं । अपराधिलाई पेस्तोल दिएको अभियोगमा समिरमान बस्नेतकी श्रीमती माया शेरचन पक्राऊ परेकी छन्।
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन र युवा संघका रूपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा पेस्तोल दिएको अभियोगमा बस्नेतकी श्रीमती पक्राउ परेकी हुन्।
उनलाई आइतबार काठमाडौंको स्वयम्भू, ठूलो भर्याङबाट पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ। यी दुबै जनाले मायाले आफूहरूलाई पेस्तोल दिएको बताएका थिए।
२०७५ कार्तिक १९ गते २:५१ मा प्रकाशित