बस र ट्रक ठोक्किदा एघार घाइते

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते ३:४६

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किदा बसमा सवार ११ जना घाइते भएका हुन् ।

घाइतेमध्ये नवलपरासी सुस्ता गाउ“पालिका बस्ने ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ बस्ने ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले बताए । घाइते तीन जनाको नया“ मेडिकल कलेज, सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

२०७५ कार्तिक १९ गते ३:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर