प्रहरी नायब निरीक्षकको नक्कली शैक्षिक प्रमाणपत्र
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १९ गते १२:३९

जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव निरीक्षक निरबहादुर अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको छनबिनबाट खुलेको छ ।
अख्तियारको अनुसन्धानमा निजले बढुवा हुने प्रयोजनको लागि बिहार संस्कृत शिक्षा बोर्ड पटना, भारतबाट प्राप्त गरेको मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाण(पत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भइ सरकारी लाभ तथा सुविधा समेत लिएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० बमोजिम सजाय हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
२०७५ कार्तिक १९ गते १२:३९ मा प्रकाशित