चेल्सीको जितमा मोरटा चम्किए

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते १३:२५

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३-१ ले पराजित गरेको हो।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन अल्भारो मोरटाले दुई गोल गरे। यस्तै पेड्रोले एक गोल थपे। क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्डले एक गोल फर्काए।

स्टामफोर्ड ब्रिजमा चेल्सीले खेलको ३२ औं मिनेटमा मोरटाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो। खेलको ५३ औं मिनेटमा क्रिष्टलका टाउनसेन्डले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए।

खेलको ६५ औं मिनेटमा मोरटाले गोल गर्दै चेल्सीलाई पुनः २-१ अग्रता दिलाए। त्यसपछि खेलको ७० औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३-१ को सहज जित दिलाए।

जितसंगै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ। चेल्सीले ११ खेलबाट २७ अंक जोडेको छ। चेल्सीले लिभरपुललाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको हो। लिभरपुलसंग समान २७ अंक भएपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा रहेको हो।

२०७५ कार्तिक १९ गते १३:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर