बच्चा बिरामी भएको कसरी थाहा पाउने ? यस्ता छन् उपाय

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते १३:३५

ठूलो मान्छे केही अस्वस्थ भएमा वा बिरामी भएमा तुरुन्त थाहा पाउन सकिन्छ। उसलाई भएको असहजता तथा अस्वस्थताबारे व्यक्ति आफैंले पनि भन्न सक्छ।

जसले गर्दा तत्काल उपचार पनि गर्न सकिन्छ। तर, सानो बच्चा बिरामी भएको थाहा पाउन भने समस्या हुन्छ। बच्चाको हाउभाउ, खाना, शारीरिक अवस्था हेरेर अनुमान गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा बच्चा बिरामी भएको थाहा पाउन नसक्दा निकै संवेदनशील अवस्थामा पनि पुगेको हुन्छ। बच्चालाई के भएको हो भन्ने थाहा पाउन गाह्रो हुन्छ। बच्चाको अस्वस्थता पत्ता लगाउने केही उपाय यस्ता छन्स्

समान्य अवस्थामा जस्तो बच्चाले फुर्तीसाथ खेलेन भने केही भएको छ भन्ने सम्झनुपर्छ। पहिलेभन्दा बच्चाको हाउभाउ, प्रतिक्रियामा परिवर्तन भयो भने बच्चा बिरामी छ कि भन्ने शंकामा हुन्छ। बच्चा सामान्यभन्दा धेरै रोयो भने पनि अस्वस्थ भएको हुन सक्छ।

त्यस्तै बच्चा रोएन अथवा कुनै प्रतिक्रिया नजनाईकन निरन्तर सुतिरहन्छ भने पनि बच्चामा केही समस्या हुन सक्छ। बच्चा रोएन, ज्ञानी छ र आनन्दले सुतिरहन्छ भनेर बच्चालाई उपचार नगरी घरमै राखिरहनुहुँदैन। यसले पछि ठूलो समस्या निम्तिन सक्छ। त्यसैले चाँडै अस्पताल लानुपर्छ।

बच्चाले आमाको दुध चुस्न सकेन भने बच्चा बिरामी हुन सक्छ। बच्चालाई सास फेर्न अप्ठ्यारो भयो, लगातार कोखा हानिरह्यो भने बच्चा बिरामी हुन सक्छ। बच्चाको नाकको पोरा फुल्यो भने पनि बच्चा बिरामी हुन सक्छ। बच्चाको शरीर निलो हुनु, बच्चा एक्कासि बेहोस हुनु, लगातार बान्ता गर्नु, बान्ता भएर पिसाब कम जानु बच्चा गम्भीर बिरामी हुनुका लक्षण हुन्। यस्ता लक्षण देखिनासाथ अस्पताल लानुपर्छ।

२०७५ कार्तिक १९ गते १३:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर