खगेन्द्र लामिछानेको ‘धनपति’ युटुबमा, हेर्नुहोस् पुरा चलचित्र
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १९ गते १३:५७

काठमाण्डौ । नेपाली चलचित्र ‘धनपति’ युटुबमा सार्वजनिक भएको छ । गत वर्षको असारमा प्रदर्शन भएको लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको फिल्म “धनपति” आज युटुबमा सार्वजनिक भएको हो ।
‘धनपति’ फिल्म खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा उनकै मुख्य अभिनय पनि रहेको छ । फिल्मलाई निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका छन् । फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ ।
२०७५ कार्तिक १९ गते १३:५७ मा प्रकाशित