चोरोट भन्दा खतरनाक अगरबत्ती ! अगरबत्तीको धूँवाबाट निम्तिन्छ क्यान्सर

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते १५:०५

काठमाण्डौ । अगरबत्ती पुजापाठ गर्दा सबैको घरमा प्रयोग गरिन्छ । बजारमा विभिन्न खालका मिठो सेन्ट भएका अगरबत्तीहरु पाइने गर्छन् । हामीलाई पनि अगरबत्तीको सेन्ट निकै मनपर्छ । तर यसबाट निस्कने धुँवा हाम्रो स्वास्थ्यको लागी निकै हानिकारक हुने गर्छ । यो हाम्रो लागी चुरोटको धुँवाभन्दा पनि हानिकारक छ ।

चिनियाँहरूले गरेको अध्ययनमा अगरबत्ती बाल्दा त्यसको धूँवासँगै मसिना विषालु कण निस्कन्छन् र ती हावामा घोलिन्छन् । त्यसपछि शरीरका कोशिकालाई नोक्सानी गर्छन् ।

अध्यययनले जनाए अनुसार सुगन्धित अगरबत्तीमा म्युटाजेनिक, जीनोटक्सिक र साइटोटक्सिक भन्ने तीनवटा विषालु तत्त्व हुन्छन् । जसले क्यान्सर गराउन सक्छन् ।

अगरबत्तीको धूँवाबाट शरीरमा भएको जीन परिवर्तित हुन्छ र त्यही नै क्यान्सर अनि फोक्सोसँग जोडिएको रोगको पहिलो चरण हो ।

अगरबत्ती बाल्ने गर्नु भएको छ भने त्यसको सट्टा बाटेको धूप बाल्ने गर्नुस् । यसले त्यस्तो जोखिमबाट बचाउँछ ।

२०७५ कार्तिक १९ गते १५:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर