पेटको बोसो घटनाउन सुत्नुभन्दा अपनाउनुहोस् अघि यी पाँच तरिका

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १९ गते १५:२५

काठमाण्डौ । ठूलो पेटलाई घटनाउन सुत्नुभन्दा अघि यी पाँच तरिका अपनाउनुहोस् ः-

१- तनाव नियन्त्रण

तनावले मानिसलाई रोगी बनाइरहेको हुन्छ । त्यसैले दिनभर तपाईं तनावपूर्ण काम गर्नुहुन्छ भने पनि बेलुका सुत्नेबेला आफूलाई सहज बनाएर शान्त भएर सुन्तुहोस् । जसले तपाईंको मोटोपनालाई नियन्त्रण गर्नेछ ।

मोटोपना अव्यवस्थित खानपिन तथा शारिरीक कसरतको अभावमा बढ्ने भएकाले तपाईले खानपिनलाई व्यवस्थित बनाउनु आवश्यक छ भने स्वस्थ रहन शारिरीक कसरतको पनि आवश्यकता छ ।

२- खाना अघि सुप खाने

हामीले बिहान र बेलुका खाना (दाल, भात, तरकारी) खाने गरेका छौं । खाना सकेसम्म हलुका खालको खाने र खानुभन्दा अघि दाल वा कुनै सुप खाने गर्नुभयो भने पेट घटाउन मद्दत पुग्नेछ ।

३- सुत्नुभन्दा दुई घण्टा अघि खाना खानुहोस्

ढिलो खाना खाने तथा खाना खाएलगत्तै सुत्ने दैनिकीले हाम्रो पेट बढाइरहेको हुन्छ । त्यसैले सुत्नभन्दा दुई घण्टा अघि खाना खाएमा मोटाउनेक्रम धेरै कम हुन्छ । सम्भव भए खाना खाएर केही समय हिड्नु अझै लाभदायक हुनेछ ।

४- खुर्सानी खानुहोस्

खुर्सानीले शरीरमा भएको बोसो कम गराउने भएकाले साँझको खानामा खुर्सानी खानु पेट घटाउनका लागि लाभदाय मानिन्छ । त्यसैले बेलुकाको खाना खाँदा सकेसम्म पीरो खुर्सानी खाने बानी गर्नुहोला ।

५- ग्रीन टी पिउनुहोस्

धेरै ग्रीन टी पिउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन । यद्यपी बेलुका खानापछि एक गिलास ग्रीन टी पिउनुभयो भने त्यसमा भएको मोटोपन घटाउने तत्वले तपाई सुतेको अवधिभर काम गर्ने भएकाले पेट घटाउन सहयोग पुग्छ । एजेन्सी

२०७५ कार्तिक १९ गते १५:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर