किन घटे नेपालमा विदेशी कामदार ?

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २० गते ४:०२

निर्मला घिमिरे

काठमाडौं। रोजगारका लागि विभिन्न देशबाट नेपालमा समेत ठूलै संख्यामा कामदार आउने गरेका छन्। ठूलाठूला आयोजना निमार्ण लगायतका काममा नेपालमा विदेशी कामदार आउने गरेको श्रम तथा व्यबसायजन्य सुरक्षा विभागले जनाएको छ। केही समय यता नेपालमा विभिन्न कामका लागि आउने विदेशी कामदारको संख्या घटेको जनाएको छ।

आयोजना अनुसार नेपालमा आउने विदेशी कामदार थपघट हुने गरेको विभागका प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए। नेपालमा ठूला आयोजनाको काम हुँदा विदेशी कामदार पनि ठूलै संख्यामा नेपाल आउने प्रवक्ता भुसालले बताए।

प्रवक्ता भुसालले भने, ‘वर्तमान समयमा नेपालका आयोजनामा विदेशी लगानी समेत घटेको छ। आयोजनामा विदेशी लगानी बढेमा विभिन्न देशबाट कामदार पनि आउने गरेका छन।’

नेपालमा दक्ष जनशक्तिको अभाव भएकैले विदेशी कामदार नेपालमा कामका लागि आउने गरेको उनले जानकारी दिए। नेपालमा रोजगारीका लागि चीनबाट धेरै कामदार आउने गरेको विभागले जानकारी दिएको छ। त्यसपछि भुटान, बंगलादेश,नर्बे, क्यानडा, जापान, दक्षिण कोरीया लगाएत ६० भन्दाबढी देशबाट कामदार नेपालमा रोजगारका लागि आउने गरेका छन्।

गत आर्थिक वर्षको साउन, भदौ र असोज ३ महिनामा ६ सय भन्दाबढी विदेशी कामदारले विभिन्न कामका लागि श्रम स्वीकृति लिएका थिए भने चालु आर्थिक वर्षको तीनमहिनामा ३ सय ३६ जना विदेशी कामदारले नेपालमा रोजगारका लागि श्रम स्वीकृत लिएका छन्

धेरैजसो आयोजना तथा निमार्णका कामहरु विदेशी लगानीबाट नै बनेका कारण विदेशी कामदार नेपालमा कामका लागि ठूलै संख्यामा आउने गरेको विभागले जनाएको छ।

नेपालमा विभिन्न कामको लागि आउने विदेशी कामदारको संख्या गत आर्थिक वर्षका ३ महिनामा भन्दा चालु आर्थिक वर्षका तीन महिनामा घट्दै गएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकले नै देखाएको छ । गत आर्थिक वर्षको साउन, भदौ र असोज ३ महिनामा ६ सय भन्दाबढी विदेशी कामदारले विभिन्न कामका लागि श्रम स्वीकृति लिएका थिए भने चालु आर्थिक वर्षको तीनमहिनामा ३ सय ३६ जना विदेशी कामदारले नेपालमा रोजगारका लागि श्रम स्वीकृत लिएको विभागको तथ्यांकमा उल्लेख छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय २९ कामदारले श्रम स्वीकृति लिएका थिए। नेपालमा विदेशी कामदारले श्रमस्वीकृति लिनको लागि नेपाल सरकारलाई प्रत्येक देशको कामदारले २० हजार रुपैयाँ कर तिर्नुपर्ने व्यबस्था गरिएको छ। सबै देशका नागरिकलाई समान व्यबहार गरेर सरकारले जुन देशबाट नेपालमा रोजगारका लागि आएको कामदार भएपनि २० हजार नै कर तिर्नुपर्ने व्यवस्था गरेको विभागले बताएको छ।

नेपालमा चीन,भुटान, बंगलादेश,नर्बे, क्यानडा, जापान, दक्षिण कोरीया लगाएत ६० भन्दाबढी देशबाट कामदार नेपालमा रोजगारका लागि आउने गरेका छन्

नेपालमा ६ महिनासम्म काम गर्नको लागि श्रम स्वीकृति लिनेहरुले भने १५ हजार रुपैयाँ तिरे हुने व्यबस्था छ। विदेशी कामदारको हकहित र सुरक्षालाई मध्यनजर गर्दै विभागले विदेशी कामदारको हकमा समेत उनीहरुका गुनासा र टिप्पणी सुन्ने र समाधान गर्ने समेत गर्दै आएको छ।

चालु आर्थिक वर्षको तीन महिनामा २ सय ९७ विदेशी कामदारले श्रम स्वीकृति नवीकरण गराएको विभागले जानकारी दिएको छ। मेलम्ची खानेपानी,तामाकोशी,मस्र्याङ्दी ठूला सडक आयोजनामा विदेशी कामदारको संख्याबढेको र वर्तमान समयमा नेपालमा खासै ठूला आयोजना र विदेशी लगानी नभएकोले विदेशी कामदारको संख्या पनि घटेको विभागले जनाएको छ।

२०७५ कार्तिक २० गते ४:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर