पोखरा प्रिमियर लिगको उपाधि घरेलु टोली पोखरा पल्टन्सलाई

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २० गते ९:०५

काठमाडौं। पोखरामा जारी पोखरा प्रिमियर लिगको उपाधि घरेलु टोली पोखरा पल्टन्सले जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखराले उपाधि जितेको हो । चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले ४ बल बाँकी छँदै भेट्टाएको हो ।

पोखराले टस जित्दै चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । पहिलो इनिङमा कप्तान पारस खड्काले ५१ रन बनाए । सनी पटेलले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ४३ रनसँगै, अनिल शाहले अनिल शाहले ३७, आरिफ शेखले १४४ रन बनाए । पोखराको लागि कृष्ण कार्कीले २ विकेट लिए । ललित राजवंशी र मोहम्मद नावेदले १–१ विकेट लिए ।

जवाफी ब्याटिङका लागि उत्रिएको पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनायो । पोखराका लागि रवि इन्दर सिंहले सर्वाधिक ९० रन बनाए । मोहम्द नावेदले २५ र कप्तान शरद भेषवाकरले २२ रन बनाए । चितवनका लागि भुवन कार्कीले २ विकेट लिए । कप्तान पारस खड्का, करण केसी र सनी पटेलले १–१ विकेट लिए । खेलका म्यान अफ द म्याच रवि इन्दर सिंह भए । उपाधिसँगै पोखरा पल्टन्सले देशकै सबैभन्दा ठूलो पुरस्कार राशी २७ लाख जितेको छ ।

२०७५ कार्तिक २० गते ९:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर