‘भिलेन’ को पहिलो पोस्टर सार्वजनिक ! यस्तो देखियो निखिलको लुक्स

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २० गते १०:१२

काठमाण्डौ । एक्सन स्टार निखिल उप्रेती अभिनीत फिल्म ‘भिलेन’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आँखामा रातो चस्मा र निधारमा रातो टिका लगाएका उनको लामो जुँगा देख्न सकिन्छ ।

देवेन्द्र पाण्डेद्वारा निर्देशित ‘भिलेन’ पुष २७ मा आउने भएको छ ।

द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्मलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् ।

निखिलका अलावा फिल्ममा शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्री पनि प्रमुख भूमिकामा छन् ।

२०७५ कार्तिक २० गते १०:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर