१३ दिनदेखि बेपत्ता पुरुषको शव सडेको अवस्थामा फेला

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २० गते १३:१८

गोरखा । यहाँ १३ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ। गोरखा नगरपालिका–७ का ४५ वर्षीय राम्जी रम्तेल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यही कात्तिक ८ गतेदेखि हराएका रम्तेलको शव गोरखा नगरपालिका–५ स्थित धारापानी खोलामा फेला परेको प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिए। शव किरा परी सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको उहाँले जानकारी दिए।

रम्तेल हराएको सूचनाका आधारमा खोजतलास गर्दा मृतावस्थामा भेटाइएको थियो। शवपरीक्षण गरी आजै आफन्तको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक थापाले बताएका छन्।

२०७५ कार्तिक २० गते १३:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर