कोरियामा काम गर्दागर्दै मेशिनमा च्यापिएर नेपालीको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २० गते १४:१३

काठमाडौँ । दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिए।

तुम्बापो दुई वर्षअघि इपिएसमार्पत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए। मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ।

नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।

२०७५ कार्तिक २० गते १४:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर