मार्मिक तिहार गीत : ‘प्रदेशमै नमरे आउँछु फर्केर’ (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २० गते १५:०४

काठमाडौं । हिन्दुहरुको महान चार्डको अवसर पारेर डिएआर मुभिज एण्ड फिल्म्स इन्डस्ट्रिज प्रालिले डिएन दाहाल (धनपति) को प्रस्तुतिमा गीता देवीको तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्वजनिक गरिएको छ।

दशैं गीत ‘रुन्छ यो मन’ पछि डिआर मुभिजको पृथक देउसी भैलो सहितको परदेशी दाजुभाई र गाउँमा रहेकी चेली प्रति समर्पित कथा गीतले बोकेको छ।

हालसम्म ४ हजार भन्दा बढी गीतमा स्वर दिएकी गायिका गीता देवीको साथमा यो गीतमा जे.गौतमले स्वर दिएका छन्। डिएन दाहाल (धनपति) को शब्द संकलन रहेको उक्त गीतको लय संकलन एवं भिडियो परिकल्पना जे.गौतम स्वयं रहेको छ।

यस गीतसंगै जे. गौतमको एक दशकपछि सांगीतिक क्षेत्रमा पुनरागमन भएको छ। सार्वजनिक गीतमा भुवन प्रकाश बडूको संगीत संयोजन रहेको छ।

काभ्रे जिल्लाको बनेपा, पनौती एवं बेथान चोक गाउँ पालिकाका विभिन्न मनोरम स्थानहरुमा छायांकन गरिएको भिडियोलार्इ रोशन झाले निर्देशन गरेका हुन्। महेश महराले छायांकन गरेको भिडियोलार्इ जे गौतमले सम्पादन गरेका हुन्।

(हेर्नुहोस् भिडियो)

२०७५ कार्तिक २० गते १५:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर