घाँस काट्न जङ्गल गएकी वृद्धा मृत अवस्थामा फेला

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २० गते १६:०६

बेत्रावती । घाँस काट्न भनेर जङ्गल गएकी नुवाकोट बेलकोटगढी नगरपालिका–१० चिसापानीका सन्तकुमारी तामाङ आज मृत्त अवस्थामा भेटिएकी छिन्।

गत शनिबार घाँस काट्न गएकी ६५ वर्षीया तामाङ नफर्केपछि खोजी गर्ने क्रममा बेलकोटस्थित चिसापनी जङ्गलमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा परिवारले भेटाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुवरले बताए।

शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ। रासस

२०७५ कार्तिक २० गते १६:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर