आज लक्ष्मी पुजा : यसरी पूजा गरेर भित्र्याउनुहोस घरमा लक्ष्मी !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २० गते १६:४२

काठमाडौं: यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

आज बुधवार कार्तिक कृष्णपक्ष औंसीमा लक्ष्मीपूजा परेको छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। आजका दिनमा एका बिहानै उठेर स्नान गरी निम्नबमोजिम संकल्प गर्नुपर्छ ।

मम सर्वापच्छान्तिपूर्वकदीर्घायुष्य बलपुष्टिनैरुज्यादि सकलशुभफलप्राप्त्यर्थं गजतुरगथराज्यैश्वर्यादिसकलसम्पदामुत्तरोत्तराभिवृद्ध्यर्थम् इन्द्रकुबेरसहितश्रीलक्ष्मीपूजनं करिष्ये ।

यो संकल्प गरेर दिनभरि व्रत राख्नुस् । पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ।

– पूजा सामानमा धूपबत्ती, चन्दन, कपूर, केसर, कुंकुम, अक्षता, अबिर, सिन्दूर, सौभाग्य द्रव्य, रातो चुरा, गाजल, पाउजु, आभूषणहरू, पानको पात, सप्तधान्य, कुश, दूबो, गंगाजल, मह, दही, दूध, उखु, नैवेद्य, मिठाई, तुलसी, चाँदी र सुनको सिक्का, ठूलो दियो र तेल लगायतका कुरा पर्दछन् ।

त्यसपछि यो श्लोकले लक्ष्मीजीको पूजा गर्नुस् :
धनमग्निर्धनं वायुर्धनं सूर्यो धनं वसुः।
धनमिन्द्रो बृहस्पतिर्वरुणं धनमस्तु ते।।

अश्वदायै गोदायै धनदायै महाधने।
धनं मे जुषतां देवि सर्वकामांश्च देहि मे।।

मनसः काममाकूतिं वाचः सत्यमशीमहि।
पशूनां रूपमन्नस्य मयि श्रीः श्रयतां यशः ।।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर लक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्नुपर्दछ ।

२०७५ कार्तिक २० गते १६:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर