विदेशी पर्यटकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २१ गते ४:४४

रसुवा । लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको आज बिहान धुञ्चेमा निधन भएको छ ।

धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।

सामान्य रुघाखोकी लागेपछि उनि भ्रमण छोट्याइ काठमाडौँतर्फ फर्कनेक्रममा रहेका थिए। उनको साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ ।

२०७५ कार्तिक २१ गते ४:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर