धार्मिक सहिष्णुताको नमूना नेपाल : अध्यक्ष तिमिल्सिना

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २१ गते ७:२६

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल धार्मिक सहिष्णुताको नमूनाको देश भएको बताएका छन् ।

विश्वमा धर्मको नाममा हिंसा भएको बताउँदै उनले नेपालको धार्मिक एकताले विश्वमा पहिचान दिएको छ भने। भरतपुरको बागेश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आज सामूहिक गौ पूजन कार्यक्रममा उनले सबै धर्मलाई मिलाएर लैजान सक्ने क्षमता नेपालीमा भएकोे बताए । सबै धर्मलाई सम्मान गरेर अगाडि बढ्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।

उनले हिन्दूधर्मले सबै धर्मको सम्मान गरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताए । सो अवसरमा केन्द्रमा संरक्षण गरेर राखिएका १५० गाईको पूजा गरिएको थियो । बागेश्वरीमा वर्षेनी सामूहिक गौ पूजन गरिन्छ । लक्ष्मी पूजाको अवसरमा आज केन्द्रमा गाईको पूजा गर्न ठूलो भीड लागेको थियो । गाई पूजासँगै गोवद्र्धन पूजा गरिएको थियो ।

२०७५ कार्तिक २१ गते ७:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर