तिहारमा दाजुभाइ नहुँदाको पीडा सम्झिएर भावुक भइन् पूजा शर्मा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २२ गते ८:०४

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा पूजा शर्मा एक सफल निर्माता र क्षमतावान अभिनेत्रीको रुपमा चिनिन्छिन्। उनका केही सफल चलचित्रमा ुथ्रि लबर, मधुमास, अझै पनि, चंखे शंखे पंखे, प्रेम गीत ,म यस्तो गीत गाउँछु लगायतका रहेका छन्। सञ्चारकर्मी, मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी पूजाले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।

तिहारको लक्ष्मीपूजाको दिन एक युट्युब च्यानलसँग कुरा गर्दै दाजुभाइ नहुँदाको पीडा सम्झिएर नायिका पूजा शर्मा भावुक भइन्।

भाइटीकामा कोसँग टीका लगाउनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन् ( ुमेरो भाइ नै छैन। पहिला म रानीपोखरी जान्थे। त्यो बाटो हिँड्दा त्यहाँ मेरो भाइ छ जस्तो लाग्थ्यो। अहिले त भूकम्पले रानीपोखरी नै रहेन। तिहारको दिन मेरो निधार खाली नै हुन्छ। त्यसैले त्यो दिन म घरबाट निस्किदैन।

हेर्नुस् उनीसँगको कुराकानी।

२०७५ कार्तिक २२ गते ८:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर