कन्फर्म : १२ डिसेम्बरमा बिहे गर्दै कमेडी किगं कपिल शर्मा !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २२ गते १३:१५

काठमाण्डौ । कमेडी किंग कपिल शर्माले डिसेम्बरमा बिहे गर्दै छन् । १२ डिसेम्बरमा कपिल शर्मा जालन्धरमा आफ्नी प्रेमिका गिन्‍नी चतरथसँग बिहे गर्दैछन् । १४ डिसेम्बरमा रिसेप्सन पार्टी राखिएको छ ।

कपिलले आफ्नो विवाहको मिति कन्फर्म गर्दै आईएएनएससँग भने, ‘बिहे १२ डिसेम्बरमा गिन्नीको होम टाउन जालन्धरमा हुनेछ । हामी यो समारोहलाई सादा राख्न चाहन्थ्यौं तर गिन्नी एउटै छोरी हुन्, यसकारण उनको परिवार धूमधामसँग गर्न चाहन्छन् । म उहाँहरुको भावना बुझ्छु । मेरी आमा पनि यही चाहनुहुन्छ ।’

कमेडी किंग कपिल शर्मा पुनः सानो पर्दामा फर्किने तयारीमा छन् । डिसेम्बरमा बिहेपछि उनी टिभीमा धमाकेदार कमब्याकका गर्दै छन् ।

मिडिया रिपोर्ट्सका अनुसार, कपिलको कमेडी शोको निर्माण सलमान खानको प्रोडक्शन हाउसले गर्ने भएको छ । अर्को महिना १६ डिसेम्बरबाट कपिल सुटिङ पनि सुरु गर्दैछन् । पहिला कपिलको ब्यानरले नै शोको निर्माण गर्दै आइरहेको थियो । तर, ‘फेमिली टाइम विद कपिल शर्मा’ को निर्माणको जिम्मेवारी च्यानलले अरुलाई नै दिएको थियो ।

लामो समय विवादमा रहेपछि कमेडियन शर्माले आफूलाई लाइमलाइटबाट टाढा राखेका थिए । उनका फ्यान टिभीमा कमब्याकको प्रतिक्षा गरिरहेका छन् । विवादका कारण उनी निकै तनावमा पनि रहेका थिए । बिरामीका कारण उनको वजन निकै बढेको थियो । अब वजन घटाएर कमब्याकका लागि कपिल तयार छन् ।

२०७५ कार्तिक २२ गते १३:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर