मेक्सिकोमा सडक दुर्घटना, ९ जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २२ गते १३:५९

मेक्सिको । मेक्सिकोमा सडक दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।

एउटा ठूलो ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा परी मेक्सिकोमा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी अन्य १६ जना घाइते भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।

राजमार्गमा तीव्र गतिमा रहेको ट्रकको ब्रेक फेल भएर नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको थियो।

सडकमा धेरै भीड भएको बेला बेलुकाको समयमा मेक्सिको सिटी नजिकै दुर्घटना भएको नगर सुरक्षा विभागले जनाएको छ।

घाइते भएकाहरूलाई तत्काल हेलिकोप्टरमार्फत उपचारका लागि अस्पताल पुर्याइएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

२०७५ कार्तिक २२ गते १३:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर