मोटोपन घटाउनदेखि मधुमेह नियन्त्रण गर्न यो हो अद्भुत फल : काँचो केरा !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २२ गते १६:००

एजेन्सी । पाकेको केराको फाइदाका बारेमा धेरैलाई थाहाँ हुन सक्छ तर काँचो केराको बारेमा भने कमैलाई मात्र जानकारी दिन सक्छ। त्यसैले आज हामीले तपाईलाई काँचो केरा खानुका फाइदाका बारेमा जानकारी गराउँदै छौँ ।

हामी पाकेको केरा खाएपनि काँचो केरा केरा भने खान रुपाउँदैनन् । काँचो केराको प्रयोग हामीले तरकारीका लागी भने अलिअलि प्रयोग गर्दै आएका छौँ । किनकी हामीलाई काँचो केराको फाइदाका बारेमा जानकारी नभएकाले काँचो केरा खान मन गर्दैनौँ ।

काँचो केरामा प्रोटिसिनको मात्रा हुने भएकाले यसले शरिरलाई मजबुत बनाउने काम गर्दछन्।

जानिराखौँ काँचो केराका पाँच फाइदाहरु

१ वजन घटाउन
वजन घटाएर शरिरलाई फिट राख्ने रहर जो कोहीमा पनि हुन्छ। मोटो पनाले सताएका व्यक्तिले काँचो केरा खाने गरेमा यसले वजन कम गरेर शरिर फिटनेस राख्नमा मद्दत गर्दछ।

२ कब्जियतको समस्या हटाउन
टपाइलाई कब्जितको समस्या छ भने काँचो केरा तपाईका लागि निकै लाभदायिक रहन्छ। काँचो केरामा फाइबर र स्वस्थ क्षमता भएकाले पेटमा रहेको अशुद्ध जम्न नदिनमा मद्दत पुर्याउछ।

३ भोक नियन्त्रण गर्न
काँचो केरामा फाइबर्स तथा पोषक तत्व पाइने भएकाले भोक नियन्त्रमा उपयोगी मानिन्छ। काँचो केरा खाने गरेमा तपाईलाई बेलाबेलामा भोक सताउन सक्दैन्।

४ मधुमेह नियन्त्रण गर्न
यदी तपाईलाई मधुमेहको समस्याले सताएको छ भने काँचो केरा तपाईका लागि लाभदायीक रहन्छ। त्यस्तै मधुमेह नियन्त्रणका लागि काँचो केरा अचुक औषधि हो।

५ पाचन क्रिया राम्रो बनाउन
काँचो केरा नियमिच सेयन गर्नाले पाचन क्रिया निकै राम्रो हुने गर्दछ। तपाईको पाचन प्रक्रिया राम्रोसँग भएको छैन भने काँचो केरा खानाले ठिक हुने छ।

यस बाहेक काँचो केरा हड्डी मजबुत बनाउन समेत उपयोगी हुने गर्दछ।

२०७५ कार्तिक २२ गते १६:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर