आज भाइटीका : किन लगाइन्छ दाजुभाइलाई सप्तरङ्गी टीका, यस्तो छ भाइटिकाको महत्व !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २२ गते १७:२५

काठमाण्डौ । नेपालीहरुको दोश्रो महान चार्ड तिहारको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितीया । यमपंचकको अन्तिम दिन आज भाइटीका पर्छ यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । आज भाइटीकाको उत्तम साइत मध्यान्न ११ः५५ मिनेटमा रहेको छ ।

भाइटिकामा चेलिबेटीले आफ्ना दाजु भाइलाई विधिपूर्वक पूजाआजा गर्ने, मिठामिठा परिकार खुवाउने र उपहार दिने चलन छ भने दाजुभाइले पनि दिदी–बहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन् ।

यो दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन् ।

त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ । तेलले सात घेरा हालेर दाजुभाइलाई छेक्ने चलन पनि पाइन्छ । फूल, अक्षता र चन्दनको पूजा गरी दिदी–बहिनीले दाजुभाइको शिरमा तेल लगाउँछन् ।
उनीहरूले सगुनका रूपमा दही पनि खुवाउँछन् । त्यस्तै यमराजको रुपमा बिमिरोको पूजा गर्ने चलन छ । आजभोलि बिमिरोको साटोमा भोगटको पनि पूजा गर्ने चलन छ । दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाइ विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

मखमली नओइलाउने फूलको प्रतीक हो भने सयपत्रीको रंग कहिल्यै उड्दैन । दूबो सधैं हरियो रहिरहन्छ । सप्तरङ्गी टिका निधारमा लगाएर दिदी बहिनीले दाजुभाइको लामो आयो र सफलताको कामना गर्दछन् । – एजेन्सी

२०७५ कार्तिक २२ गते १७:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर