‘राजनीतिक सहमतिका आधारमा पार्टी एकता भएको हो’ : विजयकुमार गच्छदार

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २३ गते १:५१

विराटनगर । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली काँग्रेस र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपालको एकता र एकीकरण राजनीतिक सहमतिबाट भएको बताएका हुन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।

नेपाली काँग्रेस पार्टीको उपसभापति पदमा आफ्नो मनोनीत विधानभन्दा पनि राजनीतिक सहमतिबाट भएको प्रसङ्ग उल्लेख गर्दै उपसभापति गच्छदारले हरेक क्रान्ति र आन्दोलन राजनीतिक सहमतिबाट नै टुङ्गिने भएकाले सोहीअनुरुप भएको बताए।

दुई पार्टीबीच भएको एकता र एकीकरणले नेपाली काँग्रेस पार्टीलाई ठूलो फाइदा भएको शीर्षस्थ नेताहरुले चर्चा गरिरहेको समयमा पूर्वउपप्रधानमन्त्री समेत रहेका उपसभापति गच्छदारले विधानको व्याख्या आफ्नो अनुकूल गर्नु गलत भएको टिप्पणी गरे।

उनले नेपाली काँग्रेसका क्रियाशील सदस्यता खारेज गर्ने कि राख्ने विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिँदै कर्मचारीले सङ्घीयताको मर्म नबुझेकाले सङ्घीयता असफल हुने हो कि भनाइ निरर्थक भएको धारणा व्यक्त गरे।

उपसभापति गच्छदारले सङ्घीयता कर्मचारीले होइन आन्दोलनले ल्याएको स्पष्ट पार्दै प्रतिपक्ष दलको हिसाबले सरकारको हरेक रचनात्मक काममा साथ र सहयोग रहने बताए।

२०७५ कार्तिक २३ गते १:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर