आगलागीबाट पाँच घर नष्ट

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २३ गते ४:१३

दिक्तेल (खोटाङ) । खोटाङको दिक्तेलमा शुक्रबार बिहान आगलागी भएको छ । करिब साढे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको छ ।

आगो नियन्त्रण गर्ने क्रममा अन्य तीन घर भत्काइएको छ । आगो नियन्त्रणका लागि नवीन गुरुङ, रविध्वज राई र राजु श्रेष्ठको घर भत्काइएको छ ।आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र, सेना तथा स्थानीय खटिएका थिए । आगलागीबाट भएको क्षति विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

नगरपालिकाको दमकल नहुँदा आगो नियन्त्रणमा ढिलाई भएको थियो । दिक्तेल रुपाकोट नगरपालिकाको दमकल भने थन्किएरको छ ।

२०७५ कार्तिक २३ गते ४:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर