परराष्ट्रमन्त्रीद्वारा भुटानका विदेशमन्त्रीलाई बधाई

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २३ गते ७:५६

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भुटानको विदेशमन्त्रीमा ताण्डी दोर्जी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

आफ्ना भुटानी समकक्षीलाई आज पठाएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले विदेशमन्त्री दोर्जीको सफल कार्यकालको कामना गरेका छन् ।

सन्देशमा उनले विदेशमन्त्री दोर्जीसँग निकट सम्पर्कमा रहेर पारस्परिक हित प्रवद्र्धनका लागि दुईपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र भुटानबीचको सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छा प्रकट गरेका छन्।

२०७५ कार्तिक २३ गते ७:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर