धनगढी बसपार्कमा सहचालक मृत फेला, हत्याको आशंका

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २३ गते ११:४५

कैलाली। धनगढी बसपार्कमा एक बसका सहचालक मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा ना ४ ख ४२६४ नम्बर बसका सहचालक मोहन बोहरा मृत फेला परेका हुन् । डीएसपी हरि ओलीका अनुसार उनीसँग भेटिएको मजदुरको परिचय पत्रमा बाजुरा ढाडाकोट ७ ठेगाना उल्लेख छ ।

उनको बायाँ पट्टी कम्मरमा धारिलो हतियारको चोट देखिएकाले मारिएको हुनसक्ने प्रहरीले आशंका लिएको छ । बोहरा विगत २५–२६ वर्षदेखि बसपार्क क्षेत्रमा रहँदै आएको स्थानीयबासी बताउँछन् । बिहीबार रातिसम्म धनगढी बसपार्क जुवा खेलिरहेका उनी विवाद भएर मारिएको हुनसक्ने प्रहरी आशंका छ ।

बोहरा ना ५ ख ३५७ नम्बरको बस नजिकै शुक्रबार बिहान करिब ८ मृत अवस्थामा फेला परेका थिए । प्रहरीले ना ५ ख ३५७ का सहचालकसहित अन्य एकजनाई नियन्त्रणमा लिइएको डीएसपी ओलीले बताए । शवलाई पोष्टमार्टका लागि अञ्चल अस्पतालमा राखिएकाले पोस्टमार्टमको रिपोर्टपछि अन्य कुराहरु थाहा हुने डीएसपी ओलीले बताए ।

२०७५ कार्तिक २३ गते ११:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर