ख्याल राख्नुहोस्, यस्ता बानीले मृगौला खराब हुन्छ (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २४ गते ३:५७

काठमाडौं । हाम्रो स्वास्थ्य धेरैजसो हाम्रो जीवनशैलीसंग सम्बन्धित हुन्छ। हामीले हाम्रो जीवनशैलीमा सावधानी अपनाएनौँ र लापरवाही गर्यौं भने, साना देखि ठूला रोग लाग्न सक्छन् । पछिल्लो समयमा मृगौला खराब हुने समस्या बढिरहेको छ।

मृगौला खराब हुनु भयानक रोग हो । मृगौला खराब भैसकेपछि यसको उपचारको लागि असहज त हुन्छ नै, खर्च समेत सामान्य परिवारले धान्न नसक्ने गरि हुन्छ। मृगौला खराबीले ज्यान पनि जान सक्छ। त्यसैले आफ्नो जीवनशैलीमा होसियारी अपनाउनुपर्छ।

आफ्नो शरीरलाई बढी चीसो लाग्छ भने, त्यसतर्फ सजग रहनुहोस्। किनकी, त्यस्तो अवस्थामा मृगौलामा ब्याक्टेरिया उत्पन्न हुन्छ । धेरै नुन खाने व्यक्तिमा पनि मृगौलामा खराबी हुने सम्भावना बढी हुन्छ।

कहिल्यै पनि पिसाब रोक्नु हुँदैन। पिसाब रोक्नाले मृगौलामा असर पर्छ । हरेक दिन ८ देखि १० गिलाससम्म पानी पिउनुपर्छ। धेरै कम र धेरै बढी पानी पिउनु मृगौलाका लागि हानीकारक हुन्छ । धुम्रपानले पनि मृगौलाले असर गर्छ।

२०७५ कार्तिक २४ गते ३:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर