चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक( भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २४ गते ११:०५

काठमाण्डौ । निर्देशक प्रदीप भट्टराईले चलचित्र ‘जात्रा’को अपार सफलता पछि ‘जात्रै जात्रा’को टिजर सार्वजनिक गरेका छन् ।

चलचित्रमा नायक दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँको मुख्य भुमिका रहेको छ । चलचित्रको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका छन् । कलाकार रविन्द्रसिंह कार्यकारी निर्माता रहने छन् । यस्तै सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् ।

चलचित्रको प्रदर्शन मिति फागुन १७ गतेलाई तय गरिएको छ । यो मितिमा अनमोल केसीको ‘क्याप्टेन’ पनि रिलिज हुँदैछ ।

२०७५ कार्तिक २४ गते ११:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर