‘तालको पानी माछीले खानी’ गाउँदै बिक्रम र कृशलले तताए नेपाल आइडलको स्टेज (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २४ गते ११:५०

काठमाडौँ। नेपाल आइडल २६ औँ एपिसोडसम्म आइपुग्दा हजारौं प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ८ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडल २ हरेक हप्ताको दुई दिन बिहीबार र शुक्रवार राती ८ः३० बजे एपिवान एचडीबाट प्रसारण भइरहेको छ।

शुक्रबार प्रसारित नेपाल आइडलमा टप ८ प्रतिस्पर्धीले दुई-दुई जनाको समुहमा आफ्नो प्रस्तुति दिए। हिजो प्रसारित एपिसोडमा प्रमुख अतिथि थिइन् प्रदेश नम्बर ३ प्रमुख तथा प्रसिद्ध समाजसेवी अनुराधा कोइराला।

हिजो प्रसारित एपिसोडमा तेस्रो प्रस्तुति लिएर आएका थिए गोल्डेन माइक विजेता बिक्रम बराल र कृशल कँडेल। उनीहरूले नेपथ्यको चर्चित गीत ‘तालको पानी’ गाएर नेपाल आइडलको स्टेज तताए। हेर्नुस् उनीहरूको यो रकिङ्ग प्रस्तुति।

२०७५ कार्तिक २४ गते ११:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर