पिताको हत्यारालाई एक वर् षपछि दिए दर्दनाक मृत्यु, त्यसपछि गरे आत्मसमर्पण

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २४ गते १३:१७

आफ्ना पिताको हत्याबाट रिसाएका एक छोराले आफ्ना पिताको हत्या भएकै मितिमा एक वर्षपछि ठिक त्यही दिन एक युवकको घाँटी रेटेर हत्या गरिदिएका छन् । पिताका हत्यारासँग बदला लिएपछि ती छोरा आफैं प्रहरीमा गएर आत्मसमर्पण गरे । प्रहरीले ती छोरालाई हिरासतमा लिएको छ । घटना पंजाबको जालन्धरको जशपुर शहरको हो ।

प्राप्त जानकारीअनुसार मृतक बरटोली निवासी २० वर्षका राहुल नायक बिहीबार बिहान ८ बजेतिर घरबाट निस्केका थिए । मृतकका भाइ सुरजका अनुसार आरोपी २० वर्षका निशान्त बिहान १० बजेतिर मोटरसाइकलमा आएका थिए । निशातले कपडामा बेरेर धारिलो हतियार लिएर आएका थिए । घटनास्थलमा पुगेपछि निशान्तले राहुलसँग झगडा गर्न सुरु गरे । झगडाका क्रममा निशान्तले सुरजलाई धक्का दिएर भुइँमा लडाए । त्यसपछि निशान्तले राहुलमाथि धारिलो हतियारले आक्रमण गरे । यस क्रममा निशान्तले राहुलको टाउको शरीरबाट पूरै छिनालिदिए र उनको घटनास्थलमै मृत्यु भयो ।

दिनदहाडै भएको यो हत्याको कारण बदलाको भावना भएको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा थाहा भएअनुसार अहिले हत्या गर्ने निशान्त नायकका पिता ब्रह्मदेव नायकको ठिक १ वर्षअघि २०१७ नोभेम्बर ८ मा हत्या भएको थियो । यो हत्याको आरोपमा प्रहरीले अहिलेका मृतक राहुललाई पक्राउ गरेको थियो । अदालतमा सुनुवाइ चल्दै जाँदा अदालतले ३ महिनाअघि राहुललाई निर्दोष ठहर गर्दै ससम्मान रिहा गरेको थियो ।

जेलबाट रिहा भएर घर पुगेसँगै निशान्तले राहुल र उनका परिवारलाई पिताको हत्याको बदला लिने धम्की दिइरहन्थे । तर, यो धकीलाई राहुल र उनका परिवार दुवैले गम्भीरताका साथ लिएनन् । एक वर्षपछि ठिक ८ नोभेम्बरकै दिन निशान्तले राहुलको हत्या गरेर बदला लिए । राहुलको हत्या गरेपछि निशान्तको रिस शान्त भयो । त्यसपछि उनी सिधै प्रहरीमा गएर आत्मसमर्पण गरेका हुन् ।

२०७५ कार्तिक २४ गते १३:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर