जनताको चाहाना अनुसार नै सरकारले काम गरिरहेको छ : मन्त्री जम्मकट्टेल

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते १:३०

भक्तपुर । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारले जनअपेक्षाअनुसार नै काम गरिरहेको बताएका छन्। शनिवार शङ्खधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मध्यपुरथिमिको बालकुमारीमा आयोजित ११औँ स्थापना दिवस तथा सम्मान कार्यक्रममा उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारका बारेमा आएका नकारात्मक कुरा गलत भएको बताए।

मन्त्री जम्मकट्टेलले भभने, ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारबारेमा कतिपय नकारात्मक कुरा बाहिर आएका छन्, ती टिप्पणी गलत हुन्, सरकारले राम्रो र उदाहरणीय काम गरिरहेको छ, यस्ता कुरालाई बाहिर ल्याउनुपर्छ।’

सहकारीलाई आर्थिक समृद्धिको अभियानका रुपमा अघि बढाउन सोहीअनुसार प्रदेश कानून बनाउने तयारी भइरहेको उनको भनाइ थियो। सहकारीको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजानुपर्नेमा जोड दिँदै मन्त्री जम्मकट्टेलले हरेक सहकारीको ५० प्रतिशत पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने गरी प्रदेश सरकारले कानूनी व्यवस्था ल्याउन लागेको बताए।

कार्यक्रममा प्रदेश सांसदद्वय डा राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायतले सहकारीलाई नागरिकको सीप र समृद्धिसँग जोड्नुपर्ने बताए।

सहकारीका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीविद् कैलाशभक्त प्रधानाङ्ग, संस्कृतिकर्मी हरिबहादुर कैती श्रेष्ठ र हीराकाजी लामा श्रेष्ठ र क्योकुसिन कराँते खेलाडी प्रेमनाथ जगुलु श्रेष्ठलाई सम्मान गरिएको थियो।

२०७५ कार्तिक २५ गते १:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर