यसरी मनाए नेपाली समुदायले अमेरिकामा भाइटीका

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते ५:४०

वाशिंगटन डिसी । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका अमेरिकामा पनि नेपाली समूदायले हर्सौल्लास साथ भाइटिका मनाएका छन्।

तिहारका लागि आवश्यक सबै सामग्रीहरु अमेरिकामा उपलब्ध भएको कारण भाईटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाएका हुन्।

नेपाली समय अनुसार नै अधिकांशले टीका लगाएका हुन्। नेपालमा ११ बजेर ५५ मिनेटको साइत अनुसार नै टिका ग्रहण गरेको बताएको छ।

बिशेष गरि अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई आफ्नो पर्वको बारेमा अमेरिका आएका अभिभावकले सिकाउने र उनीहरुले पनि तिहारको बारेमा जान्ने अवसर पाएका छन्। साथै उक्त क्षेत्र वरिपरी देउसी भैलो कार्यक्रम पनि गरिएको थियो।

२०७५ कार्तिक २५ गते ५:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर