सिद्धेश्वर माविका विद्यार्थीले कमाए मैनबत्ती उत्पादनबाट ५५ हजार

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते ५:५२

डम्बरबाबु बोहरा

बैैतडी । बैतडी स्थित सिद्धेश्वर मावि हुक्केडाडा पाटन नगरपालिका ९ का विद्यार्थीहरुले तिहारका लागि तयार पारेको मैनबत्तीबाट ५५ हजार आम्दानी गरेका छन्। विद्यार्थीहरुले बिद्यालयमै उत्पादन गरेको मैनबत्ति बिक्री गरेर ५५ हजार रुपैया आम्दानी गरेका हुन्।

विद्यालयमा उत्पादन गरेका थरीथरीका मैनबत्ती जिल्ला भित्रैका पाटन, खोड्पेलगायत अन्य स्थानीय बजारहरुमा बिक्री गरिएको विद्यालयले जनाएको छ। कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले पेशा तथा व्यवसाय विषयको प्रयोगात्मक समयमा विद्यार्थीहरुबाटै मैनबत्ती उत्पादन गरिएकोमा १४ सय प्याकेट मैनबत्ती बिक्री गरेको विद्यालयका प्रधानाध्यापक नरेन्द्र भट्टले जानकारी दिए।

बिद्यार्थीहरुले पेषागत दक्षता हासिल गर्न सकुन र बिद्यालयको आर्थीक स्थितीलाई सुधार गर्नका लागि मैनबत्ती उत्पादन गरिएको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रेम सिँह भाटले जानकारी दिए।

पेषा तथा ब्यावसय बिषय अधयापन गराउने शिक्षिका चन्द्रा भाटको प्रभावकरी प्रयोगात्मक सिकाइबाट बिद्यार्थीहरुले ७ थरीका मैनबत्ती बनाएको प्रद्यानाध्यापक भट्टले बताए। यस प्रकारको सिकाइबाट बिद्यार्थीहरुमा पेषा प्रतीको आकर्षण बढ्ने अपेक्षा समेत लिइएको छ।

२०७५ कार्तिक २५ गते ५:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर