बैतडीको जोलाबाजमा आगलागीबाट हुँदा ५० हजार बराबरको क्षती

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते ५:५८

डम्बरबाबु बोहरा

बैैतडी । बैतडीको पाटन नगरपालिका वडा नं ४ स्थित जोलाबाजमा आगलागी हुँदा ५० हजार बराबरको क्षती भएको छ। आज (आइतबार) बिहान ४ः३० बजे स्थानिय सेर सिँह महराको घरमा आगलागि हुदा ८ वटा खरका थुप्रा र ४ वटा मकैका थुप्रा जलेर नस्ट हुदा ५० हजार बारबरको नोक्सान भएको हो।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार खर तथा मकैका थुप्रा पुरै जलेर नस्ट भएका छन आगालागी के कती कारणले लागेको हो भन्ने खुल्न नसकेको छैन यद्यपी पीडित परिवारका अनुसार छिमेकि कसैले आगो लगाएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज राजेन्द्र सिँहले जानकारी दिए।

स्थानीय र पाटन नगरपालिकाको दमकलको सहयाताले घर जल्नबाट जोगाउन सकिएको बताइएको छ।

२०७५ कार्तिक २५ गते ५:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर