दार्चुलामा ५ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते ८:२३

दार्चुला । दार्चुलामा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ। आईतबार मध्यान्ह १२ बजेर ५२ मिनेटमा भूकम्प गएको हो।

भूकम्प मापन केन्द्र काठमाडौंका अनुसार मध्यान्ह १२ बजेर ५२ मिनेटमा दार्चुला जिल्ला सदरमुकामबाट १६ किलोमिटर उत्तर भारतको खेला भन्ने स्थानमा केन्द्र विन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पले केन्द्र विन्दु बनाएको भारतको खेला भन्ने स्थान दार्चुलाको व्याँस गाउँपालिकाबाट ३ किलोमिटर उत्तरमा भूकम्प गएको हो। क्षति भने केही नभएको जनाएको छ।

२०७५ कार्तिक २५ गते ८:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर