तिहार मनाएर कर्मथलो फकिँदै गरेका यात्रु बोकेर बस दुर्घटना

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते १३:४८

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नंको बस राजमार्ग छेउबाट खस्दा ३७ जना घाइते भएका हुन्।

घाइतेमध्ये स्याङ्जाका १३ वर्षीय सनम थापाको अवस्था गम्भीर रहेको र अन्य यात्रुहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये चार जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा, १० जनाको दमौली अस्पतालमा, ६ जनाको व्यास सिटी अस्पतालमा र १७ जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ।

सोही बसमा यात्रा गरेका भीमादका सूर्यकुमारी रानाका अनुसार बसमा यात्रु खचाखच थिए। “दमौली आइपुग्नुभन्दा केही यता यात्रु चढाउन बस रोकिएको थियो, त्यो बेला चालक निदाउन खोजेको हो कि जस्तो देखिएको थियो,” उनले भने। तिहार मनाएर कर्मथलो फर्किँदै गरेकाले बसमा यात्रु धेरै भएको प्रहरीले जनाएको छ।

२०७५ कार्तिक २५ गते १३:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर