क्यालिफोर्निया आगलागी, मृत्यु हुनेहरुको संख्या २३ पुग्यो

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते १३:५७

म्याराडाइज, अमेरिका । अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या २३ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। उद्धारकर्ताहरुले आगलागीबाट प्रभावितहरुको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ।

राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन्। “आज, हामीले थप १४ जनाको शव फेला पारेका छौँ, यो सँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ,” बट काउन्टीका प्रहरी अधिकारी कोरी होनेले बताए।

आगोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको छ। भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ। आगलागी प्रभावित क्षेत्रका झण्डै ५२ हजारलाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको समाचारमा जनाइएको छ।

बिहीबार बिहान सुरु भएको आगलागी प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो। आगलागीका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी छ हजार ७०० भन्दाबढी भवनहरु क्षतिग्रस्त भएका छन्।

आगलागी भएको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ। समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्ण रुपमा जङ्गलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ। उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भएपनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन।

उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जङ्गलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन्।

२०७५ कार्तिक २५ गते १३:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर