सावधान ! पानी पिउनु फाईदा मात्रै हानिकारक पनि

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते १६:२२

पानी पिउनुको फाईदा मात्रै हैन बेफाइदा पनि यस्ता छन्

काठमाण्डौ । पानी हाम्रो जिवनमा अति आवस्यक पदार्थ हो । पानी बिना हामी जिवन कल्पना समेत गर्न सक्दैनौँ । पानी हाम्रो शरिरलाई महत्वपुर्ण छ । तर शरिरलाई फाईदा गर्छ भनेर आवश्यकता भन्दा बढि पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । शरीर रोगमुक्त र स्वस्थ राख्नको लागि पानी अत्यावश्यक पदार्थ हो । तर असन्तुलितरुपमा पानी पिएमा भने असर गर्छ ।

पानी पिउनुको फाईदा मात्रै हैन बेफाइदा पनि यस्ता छन् :

१ आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्छ र मृगौलामा समस्या देखा पर्न सक्छ ।

२ पानी आवश्यकता भन्दा बढि भएमा तपार्इंको शरीर भित्रको सेलहरु खत्तम पनि हुन सक्छ ।

३ बिरामीहरुले आवश्यक भन्दा बढी पानी पिए स्वास्थ्यलाई असर गर्छ ।

४ आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले पेट भित्रको पाचन रसले काम गर्न छोड्छ ।

५ खाना खाने वित्तिकै पानी पिउनाले शरीरलाई हानी पुग्न सक्छ ।

६ एकदमै गर्मी वा दौडधुपबाट आउने वित्तिकै तपाई पानी नखाएमा ज्यानैपनि जान सक्छ ।

७ खाली पेटमा पनि पानी पिउनाले सर्दी र जुका पर्न सक्छ ।

८ रोगी तथा स्वस्थ व्यक्तिले पनि आवश्यक भन्दा बढी पिउनु हुँदैन ।

२०७५ कार्तिक २५ गते १६:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर