छ आयोगका लागि सचिव तोकियो

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते १४:५१

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानले व्यवस्था गरेको छ आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ।

मन्त्रालयको आज बसेको मन्त्रिस्तरीय बैठकको निर्णयबाट राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका लागि सचिवहरु पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

मन्त्रालयमा कार्यरत सहसचिवलाई आयोगका सचिवमा कामकाजका लागि तोकिएको हो।

आयोगद्वारा खटाइएका सचिवमा राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेशी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारू आयोगमा रुपनारायण भट्टराईलाई तोकिएको हो।

२०७५ कार्तिक २५ गते १४:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर