११ वर्षकी बालिका भारतीयबाट बलात्कृत, गम्भीर अवस्थामा अस्पतालमा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २६ गते १३:०५

बर्दिया । बर्दियाकी एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन्। बढैयाताल-८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् । उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए।

बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको एसपी मैनालीले बताए । बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ। ‘पक्राउ परेकाहरु १६-१७ वर्षका छन् र उनीहरुले बलात्कार गरेको स्वीकार पनि गरेका छन्,’ एसपी मैनालीले भने, ‘उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ।’

पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको र उनको अवस्था खतरामुक्त रहेको बर्दिया प्रहरीले जनाएको छ।

२०७५ कार्तिक २६ गते १३:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर