सुन्दर युवतीको खतरनाक काम, रहस्य खुल्दा प्रहरी चकित

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २६ गते १३:२५

एजेन्सी। बिल्डरका छोरा इशान तीव्रगतिमा चलिरहेको कारबाट हाम फालेका थिएनन् उनलाई त फरहान र श्रुतिले धक्का दिएर बाहिर फ्याँकेका थिए। अनुसन्धानका क्रममा यसको खुलासा भएपछि चुनाभट्टी प्रहरीले अहिले फरहान र श्रुतिसमेत अन्य हत्या गर्न कोशिश गर्नेमाथि कारवाही थालेको छ। तलैया प्रहरीले फरार रहेका फरहानको खोजी सुरु भएको छ। घटनापछि सबै आरोपी फरार छन्।

यता लागु औषध तस्करीमा फरहानका साथी रिजवान पक्राउ परेका छन्। उनको पक्राउपछि फरहान पनि लागु औषध कारोवारमा संलग्न भएको आशंका गरिएको छ।

गिन्नैरी निवासी २७ वर्षीय फरहानले श्रुतिसँग मिलेर इशानलाई कुदिरहेको कारबाट धक्का दिएका थिए। सीएसपी हबीबजंग भुपेन्द्र सिंहका अनुसार इशानको टाउकोमा गम्भीर चोट लागेको छ। अहिले उनको उपचार भइरहेको छ। उनको होश नआएका कारण बयान लिन सकिएको छैन। तर उनलाई कुदिरहेको कारबाट धक्का दिएको भने पुष्टि भएको छ।

तलैया प्रहरीका अनुसा फरहान बली बिल्डिङ गर्छन्। उनको कमला पार्कमा चियाको पसल पनि छ। फरहान विरुद्ध तलैया प्रहरीमा हत्याको प्रयास गरेको भन्दै यसअघि नै आठ वटा मुद्दा दायर भइसकेका छन्। फरहानको खोजी जारी भएपनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
यसअघि फरहान २०१५ मा राजभवन नजकिै शफीक नामका एक व्यक्तिलाई गोली प्रहार गरेपछि चर्चित भएका थिए।

इशानका बुवा नन्हेलाल दुई दिनदेखि छोरो होशमा आउने आशामा बसिरहेका छन्। उनका अनुसार इशानले आँखा त खोल्छन् तर केही भन्नु पहिला नै आँखा फेरि बन्द गर्छन्। ‘मैले इन्दौरमा जमिन भाडामा लिएको छु। त्यसमा एक प्रोजेक्ट सुरु गर्ने तयारीमा थिएँ। दिपावलीपछि इशानलाई त्यहाँ पठाउने तयारी थियो, त्यसअघि नै यस्तो भयो, उनले भने।

फरहान र श्रुतिको खोजीमा शनिबार र आइतबार उनीहरुको घरमा प्रहरीले छापा मारेको थियो। तर केही पनि थाहा हुन सकेन। परिवारका सदस्यले उनीहरु तीन दिनदेखि घरमा नभएको बताएका छन्। शहरभर उनीहरुको खाजी जारी छ।

एमबीबीएसका छात्र एश पाठेलाई पिट्दै गरेको श्रुतिको एउटा भिडियो भाइरल भएको छ। यो भिडियो पनि यशले आत्महत्या गरेपछि सार्वजनिक भएको हो। त्यसपछि प्रहरीले श्रुति र अन्य केहीलाई आत्महत्या गर्न उक्साएको भन्दै मुद्दा दायर गरेको छ। श्रुतिका बुवा सत्यनारायण शर्मा विधानसभाका पूर्व सचिव हुन्।

२०७५ कार्तिक २६ गते १३:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर